Logo
Logo

माओवादी खारेजीको माग गर्दै एमाले नेता निर्वाचन आयोगमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै नेकपा एमालेका नेताहरुले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्र खारेज गर्न माग गरेका हुन् ।

माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल समूहका नेताहरुले माओवादी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।

माओवादी परित्याग गरि एमाले प्रवेश गरेका ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका आयोग पुगेका थिए । उनीहरुले, माओवादी केन्द्रले आफूहरूलाई गरेको कारवाही अवैध भएको समेत दावी गरेका छन् ।

माओवादी परत्याग गरेर एमाले प्रवेश गरेपछि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्