Logo
Logo

‘राष्ट्रपतिले संविधानलाई बाँदरको हातमा नरिवल झैं बनाउनुभयो’


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान नवुझेको दाबी गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले राष्ट्रपतिले संविधानलाई ‘बाँदर’को हातमा नरिवल झैं बनाएको पनि टिप्पणी गरे । उनले भने, ‘राष्ट्रपतिले पटक पटक संविधानको बर्खीलाप गर्नुभयो, उहाँले संविधानलाई कुन्नी केको हातमा नपरिवल परेको जस्तो गर्नुभयो ।’

सांसद बिडारिले राष्ट्रपतिले भाईलाई नै ‘प्रधानमन्त्री नियुक्ती गर्छु’ भन्ने परिस्थिति आएको टिप्पणी पनि गरे । उनले भने, ‘संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने छ भनेर लेखेको भए मेरो भाइलाई गर्छु भन्नु हुने रहेछ, संविधानमा मेरो भाइलाई गर्न हुँदैन भनेर लेखिएको छैन, त्यसैले मेरो भाइलाई नै गर्छु भन्ने हुनुरहेछ राष्ट्रपतिले।’

भारतमा ७० वर्षसम्म राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको विषयमा कहिल्यै विवाद नभएको तर, नेपालको संविधानको धारा ७६ को उपधारा १ देखि ५ सम्म स्पष्ट रूपमा लेखे पनि राष्ट्रपतिले त्यसलाई पालना नगरेको उनको भनाइ छ । भारतजस्तै लोकतान्त्रिक देशहरू क्यानडा, अस्ट्रेलियामा पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको र त्यहाँ कहिल्यै विवाद नभएको उनले बताए ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा भएको बहसका क्रममा धारा ७६ (५)को व्याख्यालाई लिएर निर्दलीय व्यवस्था कायम हुने भनेर चर्चा गरिएको प्रति बिडारीले आपत्ति जनाए। बहसकर्ताले नबुझेर निर्दलीय हुने तर्क गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्