Logo
Logo

रुपा सुनारले न्याय नपाए राष्ट्रिय सभामै अनसन बस्ने सांसदको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानले सञ्चारकर्मी रुपा सुनारले न्याय नपाए राष्ट्रिय सभामै अनसन बस्ने चेतावनी दिएका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले दलित भएकै कारण रुपालाई कोठा भाडामा नदिने घरभेटीलाई छुटाउन सरकारका मन्त्री नै संगग्न हुन आपत्तिजनक भएको बताए ।

जातकै कारण कोठा नपाउनु रुपाको मात्रै नभएर दतिल समुदायकै मुद्दा भएको उनले बताए । उनले भने, ‘यो रुपा सुनारको मात्र विषय होइन । समस्या दलितको मुद्दा हो । मन्त्री नै सरकारी गाडी लिएर जान मिल्छरु यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्