Logo
Logo

२ हजार ९७९ जनामा कोरोना पुष्टि, २८ संक्रमितको मृत्यु


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । नेपालमा थप २ हजार ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ७ हजार ८३५ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा २ हजार ७७ जना र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टाको अवधिमा देशभर गरी २८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या नौ हजार ३०१ पुगेको छ ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा थप एक हजार ३३३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख १४ हजार ३२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्