Logo
Logo

पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पुगिन्न : बाबुराम


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै नपुगिने टिप्पणी गरेका छन् । जसपा विभाजनको दिशातर्फ अघि बढेका बेला बुधबार ट्विट‍ गर्दै डा भट्टराईको यस्तो टिप्पणी गरेका हुन् ।

उनले पार्टीको एकता र फुटको कुनै फर्मुला नहुने पनि बताएका छन् । उनले गन्तव्यको लक्ष्य र कार्यदिशा प्रमुख हुने उल्लेख गरेका छन् ।

उनले ट्विट गरेका छन्, ‘पार्टीको एकता र फुटको कुनै फर्मुला हुन्न। तैपनि सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुन्छ। मुख्य कुरो कहॉ पुग्ने (लक्ष्य) र कुन बाटो जाने (कार्यदिशा) भन्ने हो। पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि पुगिन्न। बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुँदा राम्रो।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन गर्ने या निरन्तरता दिने भन्ने विवादले जसपाको विभाजित बनेको थियो । जसपाको विवाद निरुपण गर्नका लागि निर्वाचन आयोगले इजलास गठन गरेर कानुनी प्रक्रिया अघि बढाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्