Logo
Logo

भ्याटमा वहुदर सम्भव छ, तर अर्थमन्त्रीले झुठ वोल्नु भयो


- दृष्टि न्युज/संवाददाता



चैत्र १९ गतेको एक कार्यक्रममा अर्थमन्त्रीले भ्याटमा वहुदर सम्भव नरहेको वताए । उनले यस सम्वन्धमा माग उठाएर समय खेर नफाल्न पनि उद्योग व्यवसायीहरुलाई भने । तर के भ्याटमा वहुदर सम्भव नरहेको र यसले अर्थतन्त्रलाई नकारात्मक असर गर्ने हो ?

विल्कुलै होइन । भ्याटमा वहुदर सम्भव छ र आवश्यक पनि छ । भ्याटमा वहुदर लागु गर्दा अर्थतन्त्रलाई नकारात्मक असर पर्ने होइन । वरु भ्याटमा एउटै दर राख्ने कांग्रेसको नीतिलाइ निरन्तरता दिने वर्तमान अर्थमन्त्रीको सोच नै नेपालको वास्तविक आर्थिक विकासमा वाधक वनेको छ ।

अहिले भ्याटको दर सबै उद्योग व्यवसायमा १३ प्रतिशत रहेकोछ । यसले देशमा कुन आर्थिक क्षेत्रको विकासलाई प्राथमिकता दिने भन्ने विषयमा सरकारको नीति नेपाली कांग्रेस र पंच सरकारहरुको जस्तै रहेको देखाउँछ ।

सबैलाई एउटै भ्याट दर लगाउनुको अर्थ अकूत नाफा प्राप्त हुने सजिलो व्यवसायमा मात्र लगानी केन्द्रिंत हुन प्रोत्साहन दिनु हो । यो भनेको विदेशवाट सस्तो वस्तुहरु आयात गरी महंगोमा वेच्ने व्यापार मात्र नेपालमा फस्टाउन थाल्ने हुन्छ । अहिले यही भैरहेकोछ ।

आयात व्यापारमा नाफा अधिक हुने र सजिलो हुने हुनाले यो व्यवसाय फस्टाएकोछ र यसले गर्दा देशको अर्थतन्त्र धरासायी हुदैछ । व्यापार घाटाले सीमा नाघि सकेकोछ । देशलाई चाहिने उद्योगहरु धरासायी हुँदैछ । वर्तमान सरकारले पनि एउटै भ्याद दर लागु गरेर रोजगारीको अवसर वृद्धि गर्ने उद्योगहरु धरासायी वनाउने र थप उद्योग स्थापना गर्न दुरुत्सीत गर्ने काम गरीरहेकोछ ।

भ्याट दर एउटै लागु गरिरहनु भनेको दलाल तथा नोकरशाही पूँजीवादलाई प्रोत्साहित गरिरहनु हो र देशको आर्थिक क्रान्तिको ढोका वन्द गर्नु हो ।

भारतमा भ्याट जस्तै जिएसटी करको दर फरक फरक रहेको छ । अर्थमन्त्रीले भारतमा सो फरक दर हटाएर एउटै वनाउन खोजेको प्रसंगलाई उदाहरण दिएर नेपालमा पनि एउटै दर गर्नु नै ठिक हो भन्ने तर्क गरेका छन् । तर चीनमा भ्याट दर फरक उद्योग व्यवसायलाई फरक दर गरेको र त्यसवाट आर्थिक क्रान्तिलाई ठुलो टेवा पुगेको उदाहरण भने लृुकाएका छन् । यो भनेको अर्थमन्त्रीको आर्थिक विकास विरोधीे चालवाजी हो ।

नेपालको तीब्र आर्थिक विकासकोलागि आयात व्यापारमा भ्याट वढाउनु पर्दछ । तर रोजगारी दिने तथा आर्थिक विकासको लागि आवश्यक सबै उद्योगहरुमा भ्याट नै खारेज गरिनु पर्दछ । निर्यात गरिने वस्तुहरु र कृषि उपजहरुमा कांग्रेस सरकार कै वेला भ्याट छुट थियो । कम्युनिष्ट भनिएको सरकारले वास्तविक औद्योगिक क्रान्तिकोलागि नेपाल मै वितरण हुने वस्तु उत्पादन गर्ने उद्योगहरुकालागि पनि भ्याट छुट गर्ने घोषणा गर्नु पर्ने हो । यसले रोजगारी श्रृजना र आयात प्रतिस्थापनमा ठुलो सहयोग हुन्थ्यो । तर अर्थमन्त्री कांग्रेस कै वाटोमा हिँडिरहनु भएकोछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्