Logo
Logo
मन्त्रिपरिषद् बैठक

सहकुल थापाको एआईजीमा बढुवा, सचिवमा कृष्णहरि


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई सरकारले एआईजीमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो ।

केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो । एआईजीमा बढुवा भएका थापा अब विश्वराज पोखरेलसँगै प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा आएका छन् ।

यस्तै मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा सिफारिस समितिले बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम पठाउँदा पुस्करको नाम पहिलो नम्बरमा थियो ।

समितिले पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्