काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकता आज (शुक्रबार) नै टुंगोमा पुग्नेगरी छलफल भइरहेको बताएका छन्। कार्यदलको बैठकबाट बाहिरिएका पोखरेलले सहमतिको अधिकतम प्रयास भइरहेको बताएका हुन् ।
‘सहमतिको अधिकतम प्रयास गरिरहेका छौं । सम्भवतः आज भोलि नै टुंग्याउँछौं’, पोखरेलले भने । एमालेको एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
कार्यदलका सदस्यहरूले बिहीवार नै सहमति गर्ने बताए पनि सहमति भने हुन सकेको थिएन। ११ फागुन २०७७ को फैसलापछि पुनस्स्थापित नेकपा एमालेको विवाद त्यतिबेलादेखि नै चर्किँदै आइरहेको छ।