Logo
Logo

पार्टी एकता सकेसम्म आजै टुंग्यो लगाउँछौं : रघुजी पन्त


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । नेकपा एमाले एकता कार्यदलका सदस्य रघुजी पन्तले पार्टी एकता सकेसम आजै टुंग्यो लगाउने बताएका छन् । शुक्रबार कार्यदल बैठकबाट बाहिरिने क्रममा नेता पन्तले सहमतिको प्रतिवेदनलाई अन्तिम रुप दिने प्रयास भइरहेको बताएका हुन् ।

उनले भने, ‘हामीले आ-आफ्ना धारणा राख्यौं। त्यसलाई समेत समेटेर कार्यदलको अन्तिम मस्यौदा बनिरहेको छ। सकेसम्म आजै ९शुक्रबार० त्यसलाई टुंग्याउने प्रयास भइरहेको छ।’

आफूहरुले तयार पारेको मस्यौदा शीर्ष नेताहरुले हेरेपछि अन्तिम रुप दिएर सार्वजनिक गरिने पन्तले जानकारी दिए । सहमतिका लागि अन्तिम चरणको छलफल भइरहेको बताउँदै उनी बैठकबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्