Logo
Logo

जोन्सन एन्ड जोन्सनकाे १५ लाख खोप नेपाल आउँदै


दृष्टि संवाददाता


काठमाडाैं । जोन्सन एन्ड जोन्सनकाे १५ लाख डाेज खोप नेपाल आइपुग्ने भएकाे छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताकाे भनाइ उल्लेख गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार १५ लाख डाेज खाेप शनिबार नेपाल आइपुग्ने भएकाे हाे ।

विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।

यता खाेप आउनेबारे नेपाली अधिकारीहरू भने बेखबर छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले खोप आउनेबारे मन्त्रालयलाई जानकारी नभएको बताएका छन् ।

आज मात्रै चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्