Logo
Logo

प्रभु साहविरुद्ध ठगीको उजुरी


दृष्टि संवाददाता

2k
Shares

काठमाडाैं । एमाले नेता प्रभु साहविरुद्ध एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौंकी दीपा केसी (कुँवर)ले पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य साहविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले मन्त्री साहविरुद्ध दीपाले ठाडो निवेदन दिएको बताए । तर, निवेदनमा भनिएअनुसार ठगी भएको भनिएको रकमको लेनदेनको ठोस प्रमाण भने उल्लेख नगरिएको एसपी बस्नेतले बताए ।

प्रहरीमा उजुरी दिएकी दीपाले पूर्वमन्त्री साहले आफूबाट पटक–पटक गरी ३० लाख ५० हजार रुपैयाँ लिएको र १० लाख ५० हजार मात्रै फिर्ता गरेको दाबी गरेकी छन् । फिर्ता भएको रकम पनि तत्कालीन सहरी विकास सचिव रमेश सिंहमार्फत आफूले लिएको दीपाको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्