Logo
Logo

नागढुंगा सुरुङमार्ग समयमै सक्न संसदीय समितिको निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सुरुङमार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले नागढुंगा–सुरुङमार्ग आयोजनाको काम समयमै सक्नेगरी गर्न र आयोजनाका अध्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको हाे ।

त्यस्तै, बैठकले सडक आयोजना तथा पुलहरुको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केको पुलहरु के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको छ ।

बैठकले नागढुंगा सुरुङमार्ग आयोजनाको बढी बजेट र मूल्य अभिवृद्धि करसम्बन्धी पर्न गएको असमझदारी र सो को व्यवस्था गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको छ ।

प्रतिक्रिया दिनुहोस्