Logo
Logo
कांग्रेस संस्थापनइतर नेताको वैठक

महाधिवेशनमा देउवाविरूद्ध साझा उम्मेदवार बनाइने


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवाविरूद्ध साझा उम्मेद्वार बनाउने भएकाे छ । महाधिवेशन मिति नजिकिँदै जाँदा सभापतिको उम्मेदवारबारेमा संस्थापन इतर समूहले छलफल गर्दै साझा उम्मेद्वार बनाउने भएकाे हाे ।

शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भएर नेताहरुले छलफल सुरुआत गरेका छन्। छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायत सहभागी थिए। नेता केसीले संस्थापनइतर पक्षबाट सभापतिमा दाबी गर्ने नेताहरुको बैठक बोलाएका हुन्।

छलफलपछि नेता अर्जुननरसिंक केसीले संस्थापनइतरबाट एक जना मात्रै उम्मेदवार उठाउने कुरामा छलफल भएको बताए । हालसम्म पौडेल, शेखर कोइराला, शशाङ्‍क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतले सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्