Logo
Logo

माओवादी केन्द्र आफ्नो दावी गर्दै निर्वाचन आयोगमा निवेदन (पत्रसहित)


दृष्टि संवाददाता


काठमाडाैं । माओवादी केन्द्रका नेता भविसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

निवेदक पराजुलीले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा आफ्नो पार्टी (गौरवशाली) एकता गरेको आधार देखाउँदै पार्टी दाबी गरेका हुन्।

पराजुलीले आयोगमा दिएको निवेदनमा ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्व मातृका यादव, पुष्पकमल दाहाल ’प्रचण्ड’ र रामबहादुर थापा ’बादल’हरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटकको हुनुपर्ने दाबी गरेका छन्।

पराजुलीले आयोगमा दिएको निवेदनमा ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्व मातृका यादव, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’हरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटकको हुनुपर्ने दाबी गरेका छन्। आफूले एकतापछि सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले माओवादी केन्द्र स्वतः आफ्नो भएको उनको दाबी छ।

निर्वाचन आयोगले उनको निवेदन दर्ता भएको र यसमा के भएको हो अध्ययनपछि जवाफ दिने बताएको छ।

बुधबार माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ’बादल’ समूहका केही नेताहरुले माओवादी केन्द्र अवैधानिक भएकाले खारेज हुनुपर्ने भन्दै निवेदन दिएका थिए। उनीहरु त्यसलाई पछ्याउँदै आज पनि निर्वाचन आयोग पुगेका थिए।

पराजुलीले दावी गरेकाे निवेदनमा के छ ? (पत्रसहित)

प्रतिक्रिया दिनुहोस्