आइतबारदेखि भिजिट भिसा खोल्ने कतारको तयारी « Drishti News – Nepalese News Portal
Logo

आइतबारदेखि भिजिट भिसा खोल्ने कतारको तयारी


दृष्टि संवाददाता


काठमाडौं । कतारले कोरोना भाइरसको महामारीका कारण बन्द गरेको भिसा सुविधालाई पुनः खुला गर्ने भएको छ । कतारले पर्यटन, पारिवारिक र व्यावसायिक भिसालाई जुलाइ १२ अर्थात् आइतबारबाट पुनः खोल्ने भएको हो ।

यस्तै, कतारले मान्यता दिएको भ्याक्सिनको दुवै डोज लगाएका नागरिकलाई मात्रै भिसा दिइने समेत जनाएको छ । यस्तै, खोप लगाएको १४ दिन बितिसकेको अवस्थामा कतार अवतरण गरेपछि क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।

यद्यपि, ७२ घन्टाको पीसीआर रिपोर्ट भने अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्