Logo
Logo

बैशाखको पहिलो साता नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

नेपाली बैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भुउपग्रह) ४ बैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का बैज्ञानिकहरुले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको छ ।

जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’ मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिको संकायका प्रमुख इन्जिनियर डा.रवीन्द्र प्रसाद ढकालले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्