Logo
Logo

देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २१ चैत्र ।

महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत्वसंग आक्रोशित हुन ।

राजधानीको ठमेलमा वुधवार भेला भएका ५१ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्