Logo
Logo

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २१ चैत्र ।


प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भेटघाट र छलफल गर्दै शुरु भएको छ । विहान ७ बजे वोलाईएको छलफल ८ बजेबाट शुरु भएको छ । बालुवाटारमा हुने भेटमा सबै प्रदेश सरकारका काम भोग्नुपरेका चुनौती, संघीय सरकारको भूमिकालगायतका विषयमा छलफल हुने छ ।

भेटमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

विकास परिषदको बैठकका लागि सातै प्रदेशका मुख्य मन्त्री काठमाण्डौमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्