काठमाडौं । एमाले एकता कार्यदलको बैठकअघि नेपाल पक्षका नेताहरू वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट कोटेश्वरतिर लागेका हुन् । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन् ।
एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्न लागेको हो ।
तर नेता नेपाल भने पावर सेयरिङमा कुरा नमिलेसम्म एकताको पक्षमा छैनन् । नेपाललाई मनाउनका लागि कार्यदलका सदस्यहरु कोटेश्वर गएका हुन् ।











