Logo
Logo

थप २ हजार १६९ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १० हजार ४१७ जनाको नमूना परीक्षण गर्दा दुई हजार १६९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ३५३ र एन्टिजेन विधिबाट ८१६ संक्रमित पहिचान भएका थिए । उक्त अवधिमा कूल छ हजार ५३० पीसीआर र तीन हजार ८८७ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ९७ हजार २५७ पुगेको छ ।

त्यस्तै गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ३६२ पुगेको छ।

सोही अवधिमा नेपालमा थप एक हजार ४३२ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख १८ हजार ३६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्