Logo
Logo

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई उनलाई भेटेर फर्केपछि कार्यदलको बैठक सुरु भएको छ।

बैठकमा नेपाल पक्षका सदस्य रघुजी पन्त र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सदस्य शंकर पोखरेलबाहेक अरु नेताहरू सहभागी छन् ।

यस्तै, कार्यदलमा नरहेको नेपाल पक्षका नेता भीम आचार्य भने बैठकमा छन् । उनी एमाले एकताका लागि यसअघि हुने गरेका अनौपचारिक छलफलमा भने सक्रिय सहभागी हुँदै आएका थिए ।

शनिबार कार्यदलमा रहेका नेपाल पक्षका नेताहरूले उनीसँग परामर्श गरेका थिए। कार्यदलमा अनौपचारिक छलफल गरेर उनीहरू परामर्शका लागि नेपालनिवास पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्