Logo
Logo

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल भइरहेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको हो ।

एमालेभित्रको विवाद समाधानउन्मुख भएको चर्चा र प्रतिनिधि सभा विघटन मुद्दामा फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्