Logo
Logo

भोलि सुखद् समाचार सुनाउँछौं : सुवासचन्द्र नेम्वाङ


दृष्टि संवाददाता

630
Shares

काठमाडाैं । शनिबार नै सहमति जुटाउने भनिए पनि एमालेको आन्तरिक विवाद समाधान गर्न गठित सँयुक्त कार्यदलले सहमति जुटाउन सकेन । तर, आइतबार भने सहमति हुने दावी अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले गरेका छन् ।

उनले भने, ‘जम्मै कुरा मिलिसक्यो, भोलि सुखद् समाचार सुनाउँछौं ।’ तर, उनले आज किन सहमति हुन सकेन र के के कुरा बाँकी हो भन्ने विषयमा भने जानकारी दिन अस्वीकार गरे । उनले भने, ‘ती सबै कुरा भोलि भन्छौं।’

यसअघि माधव समूहका कार्यदल सदस्य गोकर्ण विष्टले शनिबारको कार्यदलको बैठकमा सहमति हुन केही बुँदा बाँकी रहेको बताएका थिए। उनले आइतबार सहमति हुने र सुख्द समाचार आउने बताएका थिए। तर, शुक्रबार पनि बैठकपछि नेताहरुले शनिबार सहमति जुट्ने दावी गरेका थिए। शुक्रबारको दावी अनुसार शनिबार सहमति जुट्न सकेन। आइतबार के हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्