Logo
Logo

ब्रोकर लाइसेन्स बैंकलाई दिने तयारी


दृष्टि संवाददाता


काठमाडौं । बैंकलाई ब्रोकरको काम गर्न लाइसेन्स दिने वा नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । अब नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने तयारी गरेको छ ।

बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेका छन् ।

लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएको र ब्रोकर कम्पनीहरु धेरै हुँदा प्रतिस्पर्धा बढ्नुका साथै पुँजी बजारको विकास र विस्तार हुने भन्दै बोर्ड अध्यक्षले लाइसेन्स दिने तयारी गरेका छन् । बोर्डको अपेक्षा अनुसार बैंकलाई ब्रोकर लाइसेन्स दिँदा ग्रामीण भेगसम्मका सर्वसाधारणले सहज तरिकाले दोस्रो बजारमा सेयर कारोबार गर्न पाउनेछ ।

अध्यक्ष ढुंगानाले पब्लिक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिने तयारी गरेका छन् । बैंकका सहायक कम्पनी र पब्लिक कम्पनीहरुबाट अवोदन माग गर्ने बोर्डको तयारी छ । प्राप्त आवेदन मध्येहरुबाट अध्ययन गरेर केहीलाई लाइसेन्स दिनेगरी बोर्डले गृहकार्य सुरुसमेत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्