Logo
Logo

कोरोनाबाट २० जानको मृत्यु, १८ सय संक्रमित थपिए


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै दुई हजार कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१८ जनामा गरिएको परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ५३५ जनामा आरटी पीसीआर गर्दा एक हजार २३७ र ३ हजार ६८३ जनामा एन्टिजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको भने १ हजार ५३३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख १९ हजार ८९४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्