Logo
Logo

एमाले कार्यदलले गरेको सहमतिमा माधव नेपाल असहमत


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सदस्य सम्मिलित कार्यदलले १० बुँदे सहमति गर्दै पार्टी एकता कायम गर्ने निर्णय गरेको छ ।

तर, कार्यदलले गरेको सहमतिमा वरिष्ठ नेता नेपालले भने असहमति जनाएका छन् । ओलीप्रति विश्वस्त हुन नसकिने बताउँदै आएका नेता नेपालले कार्यदलस्तरमा भएकाे सहमतिप्रति असहमति जनाएका हुन् ।

नेता नेपालको सचिवालयका एक सदस्यले भने– ‘कार्यदलले गरेको सहमतिप्रति उहाँ असहमत हुनुहुन्छ । एकताको लागि प्रयास गर्नु र एक हुने सहमति गर्नु राम्रो भएता पनि कार्यदलले गरेको सहमति कार्यन्वयन गर्न ओली इमानदार रुपमा प्रस्तुत हुने कुरामा आशंका गर्ने थुप्रै ठाउँ रहेको भन्दै उहाँले असहमति जनाउनु भएको हो ।’

सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्न मात्र सहमति गर्न खोजिएको भन्दै उनले असहमति जनाएको हुन सक्ने नेपाल पक्षका एक नेताले बताए । सहमति पत्रमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयअनुसार अगाडि बढ्ने उल्लेख छ ।

ओलीसँग सहमति गरे पनि अदालतको फैसलापछि मात्रै गर्न सकिने नेता नेपालले बताउँदै आएका थिए । यसअघि अपराह्न कार्यदल सदस्य घनश्याम भुसालसँग नेता नेपालले यही विषयलाई लिएर असन्तुष्टी जनाएको खबर सार्वजनिक भएकाे थियाे ।

सिंहदरबारमा बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठकले १३ घण्टापछि १० बुँदे सहमति गरेको थियाे ।

*अपडेट

प्रतिक्रिया दिनुहोस्