Logo
Logo

देउवालाई प्रधानमन्त्री बनाउन परमादेश


दृष्टि संवाददाता


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

आदेश पढ्नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५) र ७ मा रहेको प्रावधानअनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्