काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। सर्वोच्चको फैसला आए लगत्तै भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै अलिकति पनि नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए।
‘सर्वोच्चको फैसला सम्मानयोग्य छ। यो फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसकेका छन्। यदि उहाँहरूसँग अलिकति पनि नैतिकता बाँकी छ भने तत्कालै राजीनामा दिनुपर्छ।’ उनले राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसकेको बताए।
खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुन: एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद! अब कुनै किन्तुपरन्तु गर्ने ठाउॅ छैन।संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊॅ; प्रतिगमनकारीलाई दण्डित गरौं!
— Baburam Bhattarai (@brb1954) July 12, 2021











