Logo
Logo

सर्वोच्चको फैसलाले स्तब्ध बनायो : सुवासचन्द्र नेम्वाङ


दृष्टि संवाददाता

8.9k
Shares

काठमाडौं । संविधानसभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले स्तब्ध बनाएको बताएका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेता नेम्वाङले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘म स्तब्ध छु, यो फैसलाभन्दा पनि राजनीतिक कुरा आयो । यसबाट संविधान, कानून, स्थापित अभ्यास र संसदीय प्रणाली लगायतमा थुप्रै गम्भीर प्रश्नहरू फैसलाबाट उठ्न पुगेका छन् । कतिपय प्रसंगहरू पत्याई नसक्नुका छन् । म फैसला अध्ययन गर्दैछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्