Logo
Logo

‘सर्वोच्चको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि आघात पुग्यो’


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतले आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको रिटको पक्षमा फैसला गर्दै सर्वोच्चले संसद पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलीसम्ममा प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि उनले यस्तो बताएका हुन् ।

नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र व्यहोर्नु पर्नेभयो ।’

सर्वोच्चले आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्