काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संसदीय शासन व्यवस्थाको मर्म विपरीत भएको टिप्पणी गरेको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताले ७० वर्षदेखि जुन कुराका लागि संघर्ष गरेका थिए त्यसैलाई ध्वस्त पार्ने गरी फैसला आएको बताए ।
फैसलाले दलीय प्रणालीको मूल जरा नै खल्बल्याउने उनको जिकीर छ । सर्वोच्चको फैसलाले कार्यपालिका र विधायिकाको अधिकार पनि न्यायपालिकामा केन्द्रीत गरेको भन्दै ज्ञवालीले फैसलाप्रति एमाले निकै गम्भीर रहेको बताए ।
सर्वोच्चको फैसलाको अवज्ञा नगर्ने तर यो त्रुटिपूर्ण छ भनेर जनतामा स्थापित गर्ने एमालेको नीति हुने पनि उनले बताए ।












