Logo
Logo

कोरोनाबाट १८ जनाको मृत्यु, २ हजार ३७० संक्रमित थपिए


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० कोरोना संक्रमित थपिएका छन् । ११ हजार ५ सय ८४ जनामा गरिएको परीक्षणमा तीन सय ७० कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८९ जनामा पीसीआर गर्दा एक हजारर छ सय ९० र ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण गर्दा ६ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा देशभ। १ हजार १३३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख २१ हजार २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्