Logo
Logo

काेटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरू


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेपाल वन पैदावरको कार्यालयमा गठबन्धनको बैठक सुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्षा पुष्प कमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेको माधवकुमार नेपाल , जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी रहेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको नेपाल पक्ष,जनता समाजवादी पार्टीको उपेन्द्र यादव,-बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित छन् ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गबन्धनको बैठक बसेको हो। सर्वोच्च अदालतले दुई भोलि बेलुका ५ बजेसम्म कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्