Logo
Logo

ओली समर्थकद्वारा प्रधानन्यायाधीशकाे पुतला दहन


दृष्टि संवाददाता


काठमाडाैं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुतला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुतला दहन गरेका हुन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

उनी आफैं पनि माइतीघर मण्डलामा उभिएर सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्