Logo
Logo

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य : योगेश भट्टराई


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् ।

‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’ उनले लेखेका छन्, ‘बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।

प्रतिक्रिया दिनुहोस्