Logo
Logo

देउवालाई प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी गठबन्धनको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि कोटेश्वरस्थित नेपाल वन पैदावरको कार्यालयमा बसेको विपक्षी गठबन्धनको बैठकले देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले दुई भोलि बेलुका ५ बजेसम्म कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ ।

बैठकबाट बहिरिँदै जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्ने निर्णय गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेको डा भट्टराईले भने– सरकार बनाउल लागिपर्ने, गठबन्धनको सरकारलाई प्रभावकारी बनाउने, गठबन्धनको सरकारलाई नयाँ ढंगबाट कसरी लिएर जाने, कोरोनाविरुद्धको खोप, भ्रष्टाचार लगायतका जुन समस्यहरु छन्, त्यसलाई हामी कसरी समाधान गर्न सक्छौँ भन्नेबारे छलफल भयो ।’

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्षा पुष्प कमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेको माधवकुमार नेपाल , जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी थिए ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादवबाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित छन् ।

प्रतिक्रिया दिनुहोस्