Logo
Logo

एमाले स्थायी कमिटी बैठक सुरू, भीम रावलले बुझाए कार्यदल प्रतिवेदन


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेकाे स्थायी कमिटीकाे बैठक सुरू भएकाे छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ओली पक्षीय स्थायी कमिटीको बैठक सुरू भएकाे हाे ।

बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल भएको नेताहरूले बताएका छन् । मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठक के गर्ने भन्नेबारे समेत छलफल हुनेछ ।

यस्तै एमाले नेता भीम रावलले आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलकाे प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । कार्यदलले गएराति १० बुँदे सहमतिको खाका तयार पारेको थियो।

प्रतिक्रिया दिनुहोस्