Logo
Logo

स्थायी कमिटी बैठकमा सहभागी नभएकाे भीम रावलकाे भनाइ


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले आफु स्थायी कमिटी बैठकमा सहभागी नभएको बताएका छन् ।

बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आफु पार्टी विवाद समाधानका लागि गठित कार्यदलले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बालुवाटार आएको बताएका हुन् ।

कार्यदलले तयार गरेको प्रतिवेदन कार्यदलका सबै सदस्यबाट हस्ताक्षर गरेपछि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउने कार्यक्रममा आएको उनकाे भनाइ छ । उनले सहमति यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने समेत बताए ।

रावलले आफूलाई स्थायी कमिटी बैठकबारे थाहा नभएको समेत प्रतिक्रिया दिए । यसअघि विभिन्न सञ्चारमाध्यमले रावल ओलीपक्षकाे स्थायी कमिटी बैठकमा सहभागी भएकाे समाचार सम्प्रेषण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्