Logo
Logo

सर्वोच्चको फैसलाले ओली प्रवृत्ति परास्त भयाे : बृहत् नागरिक आन्दोलन


दृष्टि संवाददाता


काठमाडाैं । बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतकाे फैसलाकाे स्वागत गरेकाे छ ।

आन्दोलनले एक विज्ञप्ति जारी गर्दै अदालतको फैसलाले संवैधानिक सर्वोच्चता स्थापना गरेर निरंकुशता र स्वचेछाचारिकताको गलत अभ्यासलाई खारेज गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको हाे । फैसलाले प्रतिगामी ओली प्रवृत्ति परास्तसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

अग्रगामी राजनीति र सामाजिक न्यायसहितको समृद्ध लोकतन्त्रका निम्ति नागरिक आन्दोलन निरन्तर संघर्षरत रहने विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, सत्ताको नेतृत्व गर्ने मात्रै नभएर ओली सरकारले गरेका सबै भ्रष्टाचार र अवैध कामको छानबिन गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्