Logo
Logo

अदालतको फैसलाको असर प्रहरीमा


दृष्टि संवाददाता


काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधि सभा बिघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि त्यसको असर राज्यका सबै अंगमा परेको छ । नयाँ सरकार आउने भएपछि सरकारका निकायमा स्वभाविक असर रुपमा देखिने भयो ।

यो फैसलाले नेपाल प्रहरीमा पनि तरंग ल्याएको छ । सरकारले नेपाल प्रहरीमा एआइजीपछि डिआइजीमा बढुवाको तयारी थालेको थियो । जून तत्कालका लागि रोकिने भएको छ ।

प्रहरीमा प्राविधिकसहित डिआइजीका दुई दरबन्दी रिक्त छन् । केही दरबन्दी थपेर डिआइजीमा बढुवाको तयारी भइरहेको थियो । तिव्र टकरावको कारण बढुवा समितिको बैठक लम्बिदा तत्काल बढुवा नै नहुने भएको छ । दुई पदमा १४ एसएसपीको प्रतिस्पर्धा थियो, सबैले शक्तिकेन्द्रबाट पावर लगाएपछि सहमति हुन नसक्दा बैठक लम्बिएको हो ।

मंगलबारभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश भएकाले अब बढुवा समितिको बैठक बस्ने सम्भावना कम छ । सरकार बने लगत्तै प्रहरी बढुवामा ध्यान दिन नसक्ने भएकाले असारभित्र बढुवा हुने सम्भवना पनि न्यून छ । यस्तो अवस्थामा डिआइजीको बढुवा अब कात्तिकमा हुने देखिन्छ । यसले केही एसएसपीलाई धक्का लागेको छ भने हालको राजनीतिक नेतृत्वसँग पहुँच नभएकालाई राहत भएको छ । तर, लामो समय दरबन्दी रिक्त हुँदा त्यसको असर भने तल्लो तहसम्म पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्