Logo
Logo

प्रधानमन्त्री नियुक्ति र सपथ ६ बजे


दृष्टि संवाददाता


काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा साँझ ६ बजे प्रधानमन्त्री नियुक्त हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई साँझ ६ बजे प्रधानन्त्री नियुक्त गर्ने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

सोमबार सर्वोच्चले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

देउवा पाँचौंपटक प्रधानमन्त्री हुँदैछन् । पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका देउवा २०५८, २०६१ र २०७४ गरी चार पटक प्रधानमन्त्री भइसकेका छन् ।

* संशाेधन गरिएकाे

प्रतिक्रिया दिनुहोस्