Logo
Logo

अब तमासा सुरु हुन्छ : केपी ओली


दृष्टि संवाददाता

4.5k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपालीलाई खोप सुनिश्चित गरेको दाबी गरेका छन् । प्रधानमन्त्रीको रुपमा राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब देशलाई खोपको अभाव नरहेको दाबी गरेका हुन् ।

आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको फेहरिस्त सुनाउँदै उनले भने, ‘१ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको र २ करोड भन्दा बढी खरिदको प्रक्रिया रहेको छ, अब हामीलाई खोपको अभाव छैन ।’

आफ्नो नेतृत्वको सरकारले बन्दोबस्त गरेको खोपलाई नयाँ सरकारले आफूले ल्याएको भनेर प्रचार गर्न सनको दाबी छ । उनले भने, ‘मलाई थाहा छ । भरे वा भोलि विहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो खिचेर अघिल्लो सरकार गयो, हामीले खोप दिन थाल्यौं भनेर तमासा सुरु हुनेछ ।’

उनका अनुसार भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ । यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिए । उनले अरू ३२ लाख डोज खोप क्रमशः आउने पनि विश्वास व्यक्त गरे । उनले यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिए । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको पनि ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्