काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् ।
सरकारबाट बाहिरिने क्रममा राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै ओलीले विभिन्न सफलताका आधारमा आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् ।
सम्बोधनका क्रममा ओलीले भने– ‘मेरो नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भयो । सरकार सफल बनाउन सहयोग गर्नुहुनै सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।