Logo
Logo

विश्वमै पहिलोपटक अदालतले प्रधानमन्त्री ताेक्याे : ओली


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको रुपमा राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै ओलीले विश्वमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री हटाउने र तोक्ने काम भएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘जनताका बीचमा जाउँ भन्दा जान नखोज्ने। जनता भन्ने बित्तिकै थरर हुने, विश्वमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री हटाउने र तोक्ने काम भयो ।’

सर्वोच्च अदालतले सोमबार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्