Logo
Logo

२ हजार ३९८ जनामा कोरोना पुष्टि, २ हजार ७८ संक्रमणमुक्त


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । नेपालमा थप २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ७ हजार ५८ जनाको पीसीआर गर्दा १ हजार ६३९ र ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षण गर्दा ७५९ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई हजार ७८ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख २३ हजार १०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्