Logo
Logo

राष्ट्रपति कार्यालयले भन्याे- सर्वोच्चको फैसला बमोजिम देउवा प्रधानमन्त्री नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई सर्वोच्चको फैसला बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको सार्वजनिक भइसकेको भए पनि राष्ट्रपति कार्यालयले आधिकारिक सूचना सार्वजनिक गरेको थिएन । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख छैन ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, मंगलबार अपराह्न राष्ट्रपति कार्यालयका सहप्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्