Logo
Logo

कांग्रेसबाट ज्ञानेन्द्र कार्की र बालकृष्ण खाँड मन्त्री बन्दै


दृष्टि संवाददाता


काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण मन्त्री बन्ने भएका छन् ।

मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् । खाँणलाई गृहमन्त्री र कार्कीलाई कानुन मन्त्री बनाउने बताइएकाे छ ।

यस्तै सत्ता साझेदार माओवादी केन्द्रले पनि जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ ।

राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्