Logo
Logo

प्रधानमन्त्री नियुक्ति प्रक्रियामा देउवाकाे आपत्ति, नसच्याएसम्म सपथ नलिने


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयकाे विज्ञप्ति नसच्याएसम्म सपथ नलिने भएका छन् ।

साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति देउवाले आपत्ति जनाउँदै विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान लिएका हुन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् । आफू संसदीय दलको नेताको रुपमा प्रम नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।

यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् । हालसम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन ।

विज्ञप्तिबारे विवाद भएपछि देउवा अहिले बूढानीलकण्ठ निवासमा नै छन् ।

हेराैँ राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्