Logo
Logo

सपथ खुवाउन शेरबहादुर देउवा पर्खदै राष्ट्रपति


दृष्टि संवाददाता


काठमाडाैं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयसीमा घर्किएको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युताउँदै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयसीमा घर्किएको हो । तर, अहिलेसम्म सपथ सुरू हुन सकेकाे छैन ।

पाचौँ पटक प्रधानमन्त्रीका रूपमा सपथ लिन लागेका देउवा भने यसअघि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिप्रति असन्तुष्टी जनाउँदै अहिलेसम्म राष्ट्रपति भवन पुगेका छैनन् । संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्री नियुक्त गरेको भन्दै देउवाले विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान लिएका हुन् । सपथ खुवाउन राष्ट्रपति भने देउवाकाे उपस्थिति पर्खिरहेकी छन् ।

विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान लिएपछि के गर्ने भन्ने विषयमा राष्ट्रपति कार्यालयमा अहिले छलफल भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्