काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवाले सिंहदरबारमा पदभार ग्रहण गर्दै निर्वाचनअघि सबै नागरिकलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ।
प्रधानमन्त्री देउवाले मंगलबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।